पशुपतिनगरका व्यापारी पलायन हुने स्थितिमा

<span class='c1'>पशुपतिनगरका व्यापारी पलायन</span> <span class='c2'>हुने स्थितिमा</span>

चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ ।
कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित हुने चिन्ताले सताएको हो । अघिल्ला वर्ष बाह्रै महिना पशुपतिनगर बजारमा भारतीय पर्यटक किनमेलका लागि आउने गरेका थिए तर दशैमा समेत व्यपार हुन सकेन । चीनबाट आउने लत्ताकपडा, फेन्सी, जुत्तालगायत सामाग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलिगुडी आदि स्थानबाट व्यापारीहरु आउने गरेका थिए तर अहिले भारतीय बजारमा सोझै यस्ता सामाग्री पाउन थालेपछि पनि पशुपतिनगर बजार सुक्दै गएको हो । यहाँ स्थानीय बाहेक करीब तीन सय व्यापारी रहेका छन् ।
स्थानीय व्यवसायी पाण्डे गुनासो गर्दै भन्नुहुन्छ, “दिनभरी ग्राहक कुरेर बस्यो कुनै कुनै दिन त सुको पनि व्यापार हुँदैन ।” यहाँ फेन्सी र फोरियन गुड्सको बढी बिक्री हुँदै आएको थियो ।
बन्दाबन्दी खुलेपछि पनि यहाँका पसलमा अझै ताला झुन्डिएको देख्न सकिन्छ र बजार सुनसान देखिन्छ । पसलभित्रका सामानमा ढुसी पर्न थालिसकेका छन् । व्यापारीलाई घरभाडा तिर्न पनि धौ धौ परेको व्यावसायी शेषलाल यादवले बताउनुभयो । उहाँले वार्षिक रु दुई लाखभन्द बढी रकम भाडा तिर्नुपर्ने गुनासो गर्दै यस्तै स्थिति रहेमा पसल बन्द गर्नुपर्ने अवस्था आउने जनाउनुभयो ।
सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले कोरोना जोखिम शुरु हुनुअघि नै गत एक दशकमा झन्डै तीन सय व्यापारी बजार छाडेर गइसकेका छन् ।
स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध नगरे पनि व्यापार व्यवसाय चौपट भएका कारण पशुपतिनगर बजार अहिले सङ्कटमा परेको सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष चन्द्रकुमार सुब्बा बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त व्यापारीलाई पसल खोल्न भनेकै छौ । व्यापार व्यवसाय नै नहुने भएपछि धेरैले खोल्न सकेका छैनन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्