झापामा ८ जना जुवाडे पक्राउ

<span class='c1'>झापामा ८ जना</span> <span class='c2'>जुवाडे पक्राउ</span>

झापा, २६ जेठ : प्रहरीले मंगलबार झापाको हल्दिबारी गाविसबाट ३४ हजार नगदसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय प्रहरीको मिलोमतोमा हल्दिबारी–३ स्थित नारायण लुईंटेलको घरमा लामो समयदेखि कौडा तथा तास खेलाउने गरेको जनगुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले उनीहरुलाई जुवाको खालबाटै पक्राउ गरेको हो । हल्दिबारी–१ बस्ने ४० वर्षीय कुमार भण्डारी, भद्रपुर–१ बस्ने ३२ वर्षीय प्रमोद निरौला, भद्रपुर–१५ बस्ने ३६ वर्षीय कर्मानन्द शर्मा, जलथल–८ बस्ने ४२ वर्षीय तुलसीराम मेचे, जलथल–९ बस्ने ३१ वर्षीय चेतन बाँस्कोटा, हल्दिबारी–१ बस्ने ४० वर्षीय लेखप्रसाद पौडेल, जलथल–७ बस्ने ३६ वर्षीय पवन चुडाल र भद्रपुर–५ बस्ने ३६ वर्षीय कृष्णबहादुर वनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले जुवाको खालबाट नगद १९ हजार, ५ थान मोटरसाइकल, १६ थान कौडा र तास फेला परेको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्