डिआईजी कार्कीको निर्देशनपछि सीमा क्षेत्रमा प्रहरी सक्रियता बढ्यो

<span class='c1'>डिआईजी कार्कीको निर्देशनपछि सीमा</span> <span class='c2'>क्षेत्रमा प्रहरी सक्रियता बढ्यो</span>

विराटनगर । गत कार्तिक १६ गते प्रदेश १ का प्रहरी नायव उपरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीले झापा र मोरङको सीमावर्ती प्रहरी यूनिटका प्रमुख तथा सहायकलाई भेला गरेर कडा निर्देशन दिए । चेतावनीसहितको निर्देशनमा डिआईजी कार्कीले कुनै पनि अवस्थामा अवैध चोरी निकासीको काम बन्द हुनुपर्ने सीमावर्ती क्षेत्रका प्रहरी यूनिटका प्रमुख र सहायकलाई दिएका थिए ।

दशैं सकिए लगतै डिआईजी कार्कीले सीमावर्ती क्षेत्रमा खटिने तल्लो तहका प्रहरी सदस्यलाई भेलालाई सम्बोधन गरेका हुन् । सीमावर्ती क्षेत्रबाट लकडाउनको अवधीमा समेत तस्करी भएको तथ्य प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको टोलिले लागुऔषध, अवैध मालसामान, अतासबाजी जस्ता वस्तुको बरामद गरेबाटै प्रष्ट हुन्छ ।

अझै कतिपय अवस्थामा त सीमावर्ती क्षेत्रमा खटिने सादा पोशाकका प्रहरीहरुले नै तस्करसँग मिलेमतो गरेर मालसामान भारत निकासीगर्ने गरेको समेत प्रदेश प्रहरी कार्यालयको टोलिले पत्ता लगाएको थियो । त्यहि कारण डिआईजी कार्कीले सीमावर्ती क्षेत्रका प्रहरी यूनिटलाई कडा निर्देशन गरेका थिए ।

प्रहरी स्रोतका अनुसार डिआईजी कार्कीको यो निर्देशनपछि अहिले सीमावर्ती क्षेत्रका प्रहरी यूनिट सक्रिय समेत भएका छन् । झापामा मात्रै दुई दिनमा दिपावली र छैठ लक्षित गरेर भित्र्याइएको अवैध आतिसबाजी र पटाका ६ लाख ५० हजार मूल्य बराबरको नियन्त्रणमा समेत परेको छ ।
झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारीको टोलिले मेचीनगर–१० बाट ३ लाख ५० हजार, जिल्ला प्रहरी कार्यालयको टोलिले मेचीनगर–५ नबलबन्दाबाट २ लाख र शनिश्चरेको प्रहरी टोलिले अर्जुनधारा नगरपालिका–५ बाट १ लाख मूल्य बराबरको पटाका दुई दिनमा बरामद गरेको हो ।

झापाका सीमावर्ती क्षेत्रका प्रहरी यूनिटको प्रहरीको सक्रिया डिआईजी कार्कीको निर्देशनपछि निक्कै बढेको प्रहरीको दावी छ ।
मोरङमा समेत झण्डै ६३ किलोमिटर खुल्ला सीमानाका रहेको क्षेत्रमा खटिने प्रहरीको टोलिले सक्रियता बढाएको छ । मोरङका प्रवक्ता मानबहादुर राईले सीमावर्ती क्षेत्रका प्रहरी यूनिटमा जिम्मेवारी लिने प्रमुख र सहायक केन्द्रीत डिआईजी कार्कीको निर्देशनलाई धेरै कोणबाट बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले नियमित वा आकस्मिक निर्देशन नभई आवश्यकताका लागि भएको बताउनुभयो । प्रवक्ता राईका अनुसार सीमा जोडिएको भारतीय भूमिमा भईरहेको निर्वाचनका कारण केहि छिटपुट घटना हुनसक्ने संभावनालाई नेपालको सुरक्षा निकायले गम्भीर रुपमा नियालीरहेको बताउनुभयो ।

सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा प्रहरी सक्रियता झन् बढेको भएपनि छिटपुट रुपमा अझैसम्म आउने गरेको राईले बताउनुभयो । सीमा बन्द अगाडी औपचारिक रुपमै उपभोग्य वस्तु खरिदका लागि जाने माहौल भएको र अहिले त्यो बन्द भएका कारण चोरबाट प्रयोग गर्नेहरु भेटिने गरेको उहाँले बताउनुभयो ।
जस्तो सुकै अवस्थामा प्रहरी नियन्त्रणमा लिँदै आएको छ, प्रवक्ता राईको दावी थियो–कोरोना सन्त्रासका कारण बन्द गरिएका सीमा वारपार गर्ने छुट कसैलाई कुनै पनि अवस्थामा दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्