झापा । कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनपछि झापा दमक–५ निवासी एक युवतीले आत्महत्या गरेकी छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी २२ वर्षीइा दीक्षा लिम्बुले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
उनलाई सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले युवतीमा दुई दिन अगाडि कोरोना संक्रमण देखिएको जानकराी दिनुभयो । उनको शब नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।