विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण भएको दुईसाता पछि स्वत:डिस्चार्ज दिइने भएको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशन अनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका र सामान्य अवस्थाकाहरुको स्वत:डिस्चार्ज गर्नेगरि छलफल अघि बढाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिन पछि स्वत:डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुन ः परीक्षण नगरि स्वत : डिस्चार्ज गर्नेबारे छलफल भईरहेको छ ।’
प्रदेश १ मा बुधबार सम्म कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ । संक्रमण देखिएका मध्ये १२ हजार १०१ जना डिस्चार्ज भएका छन् ।