दुहबी । इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई उधोग भित्रैको बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उद्योगमा काम गर्दै आएकी राई बिहीबार राती उद्योग परिसरमै झुण्डिएर आत्माहत्या गरेकी हुन् ।
पछिल्लो केहि दिनयता उद्योग प्रशासनले उनीमाथि दवाव सिर्जना गरिरहेको थियो । सहकर्मीको पैसा हराएको विषयमा उनीमाथि दोष लगाउँदै प्रहरीमा उजुरी गरिएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार चोरी आरोपको झगडा मिलिनसक्दै उनले आत्मा गरेकी हुन् ।