मोरङमा करेन्ट लागेर दुईजनाको मृत्यु

<span class='c1'>मोरङमा करेन्ट लागेर</span> <span class='c2'>दुईजनाको मृत्यु</span>

विराटनगर । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा सवा ३ बजे मृत्यु भएको हो ।

 

यसैगरी मोरङकै पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी – ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ । शुक्रवार बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे–८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्