सघन उपचार कक्ष स्थापना गरिँदै

<span class='c1'>सघन उपचार कक्ष</span> <span class='c2'>स्थापना गरिँदै</span>

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौ वटै जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल, डडेल्धुराको उपक्षेत्रीय जिल्ला, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा तथा डोटीको जिल्ला अस्पतालमा दुई÷दुई श्याका गरी २० श्याका स्थापनाको तयारी भएको छ ।

डोटी जिल्लामा सघन उपचार कक्षका सबै सामग्री पुगिसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो“सघन उपचार कक्ष स्थापनाका लागि सबै उपकरण आइसकेको छ, केही भित्रमै सबै जडान कार्य सम्पन्न हुने छ ।” यहाँका पहाडी जिल्लामा सघन उपचार कक्ष नहुँदा यहाँ उपचार गर्न सकिने बिरामीलाई विगतदेखि तराईका जिल्लामा रिेफर गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारको पहलमा सबै जिल्लाका जिल्ला अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्न लागिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

यहाँका डोटीसहित अन्य केही जिल्लामा सघन उपचार कक्ष जडानको कार्य शुरु भइसकेको छ भने केही जिल्ला अस्पतालमा प्राविधिक तयारीपछि जडानको काम हुने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका अस्पतालमा पहिलो पटक सघन उपचार कक्ष जडान हुन थालेपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्