१. नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कसलाई कहिले नियुक्त गरियो ?
--- हितेन्द्रदेव शाक्य, २०७७ कार्तिक २४
२. विश्वमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने बहराइनको प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन कहिले भयो ?
--- नोभेम्बर ११ २०२० (कार्तिक २६, २०७७)
३. दुर्गा भगवानले महिसासुरलाई मार्न कति दिन लागेको थियो ?
--- ९ दिन
४. मुस्लिम धर्मको धार्मिक ग्रन्थलाई के भनिन्छ ?
--- कुरान
५. यस बर्षको आइ.पि.एल.मा सर्वाधिक रन (ओरेन्ज क्याप) र सर्वाधिक विकेट (पर्पल क्याप)को उपाधि क-कसले हात पारे?
--- ओरेन्ज क्याप: के.एल राहुल (६७० रन), पर्पल क्याप: कगिसो रबडा (३० विकेट)
६. ‘मोरेन ताल’ कुन देशमा अवस्थित छ ?
--- क्यानेडा
७. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?
--- अमेरिकी स्वतन्त्रता संग्राम
संकलक
आयुष खनाल