बाढीका कारण पूर्व पश्चिम राजमार्गको बर्दिबास खण्ड अवरुद्ध

बाढीका कारण पूर्व पश्चिम राजमार्गको बर्दिबास खण्ड अवरुद्ध

 प्रबिन दाहाल
काठ्मान्डौ

महोत्तरीको रातु नदीमा आएको बाढीका कारण पूर्व पश्चिम राजमार्गको बर्दिबास खण्ड अवरुद्ध भएको छ ।
महोत्तरी र सिन्धुलीको चुरे क्षेत्रमा राती परेको पानीले नदीमा बाढी आउँदा रातु पुल मुनीको ड्राइभर्सनबाट गाडी चलाउन समस्या भएको हो । बाढीले पाँच घण्टादेखि गाडी चल्न नसक्दा महोत्तरीको बर्दिबास र धनुषाको लालगढ क्षेत्रमा सयौं गाडी लाममा छन् । हजारौं यात्रु अलपत्र परेका छन् । अहिले पनि निरन्तर पानी परिरहेकाले बाढी घट्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तुलसीप्रसाद उप्रेतीले बताउनुभयो ।
रातु नदीको पुल गएको साउनमा भासिएपछि ड्राइभर्सन बनाएर गाडी चलाउने गरिएको थियो । पुल मर्मतको काम सले एक दुई दिन भित्रै पुल सञ्चालन गरिने पुल आयोजना पूर्वी सेक्टर नम्बर १ का डिभिजन इन्जिनियर अर्जुन अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्