राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्का कोरोना भाइरस सङ्क्रमित

<span class='c1'>राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान </span> <span class='c2'>खड्का कोरोना भाइरस सङ्क्रमित</span>

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

पूर्व कप्तान खड्काले आज बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहनुभएको थियो । कोरोना पुष्टि भएपछि उहाँले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उहाँ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बस्नुभएको छ ।

उहाँले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसक्नुभएको छ । उहाँहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्