तेक्वाण्डोको टेक्निकल सेमिनार हुने

<span class='c1'>तेक्वाण्डोको टेक्निकल</span> <span class='c2'>सेमिनार हुने</span>

विराटनगर । आइटीएफ तेक्वाण्डो १ नम्बर प्रदेशस्तरीय टेक्निकल सेमिनर कोर्ष विराटनगरमा हुने भएको छ । आइटीएफ तेक्वाण्डो संघको आयोजनामा आगमी पुस ३ र ४ गते विराटनगरस्थित सप्तकोशी प्याटी प्यालेसमा दुई दिने सेमिनार कोर्ष हुने भएको हो ।

सेमिनरको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुहुनेछ । उक्त सेमिनरमा प्र्रदेश १ का १४ जिल्लाका १२० खेलाडीको सहभागि हुने आइटीएफका प्रदेश सदस्य तथा कार्यक्रम संयोजक जीतन थापाले जानकारी दिए ।
आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनर गर्ने तयारी गरिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले बताए । ‘महाभारीको रूपमा फैलिएको कोभिडले खेलकुद क्षेत्र ठप्प भएको छ । यस क्षेत्रको विकास गर्नुे उद्देश्यले हामीले तेक्वाण्डोको टेक्निकल सेमिनरको तयारी गरिएको हो,’ कार्कीले भने, ‘दुई दिने समिनर खेलाडीहरूको लागि लाभदायी हुनेछ ।’

0
टेक्निकल कोर्षको समापन प्रदेश १ का सामािजक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् । उक्त सेमिनरमा नेपाल आइटीएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाको सहभागिता हुनेछ । सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् । तेक्वाण्डोको सेमिनरमा खेलाडीहरूलाई प्रकाटिकल र थेउरीकल प्रशिक्षण दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्