बालक: गुरु, हिन्दि फिल्म शोले का डाका र हाम्रा पत्रकार काकाहरु बारे हजुरको धारणा के छ ?
गुरु: खै आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ?
बालक:: हैन , बजारमा चाहिं हल्ला छ , दुवै नक्कली रे !
गुरु: नक्कली रे ? कसरि नि ?
बालक: ति शोलेका डाका पनि सबै नक्कली रे , अभिनेता हरुले डाकाको रोल खेलेका रे ! त्यसरी नै , यी पत्रकार काका हरु पनि सबै नक्कली रे , पत्रकारको रोल मात्रै गरेका रे !
गुरु: हँ ! के भन्छ यो बालक ????
बाल: गुरु, अर्को प्रश्न है ?
गुरु: सोध न बालक , सोध !
बालक : गुरु, चम्बलका डाका र हाम्रा पत्रकार काका त सक्कल्ली अरे नि हो ?
गुरु: खै ! आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ?
बालक: हैन , बजारमा चाहिं हल्ला छ, दुवै सक्कली रे !
गुरु: सक्कली रे , कसरि नि ?
बालक : चम्बल्का डाकाले बन्दुक देखाएर लुट्थे रे , हाम्रा पत्राकार काका हरुले चाहिं कलम द्देखाएर लुट्छन अरे नि त !
गुरु: खै आफु त परियो कूवाको भ्यागुतो , के पो भन्नु र ?
बालक : गूरु त त्यसो भन्नु हुन्छ भने , म यो निर्धो बालकले चाहिं कसरि चिन्नु त ???
गुरु: मलाई कुवा बाट बाहिर निक्लिन देउ , म शहर-बजार तिर बुझ्छु नि त ! को को कस्ता-कस्ता रहेछन चिने पछि भनौला नि त , हुन्न र ?
बालक : शहर -बजारमै बुझ्ने भए त , मै आफैं बुझिहाल्थें नि , तापईंकोमा पढ्न आउनु पर्थ्यो र ?
गुरु : हँ ! ...................अचेलका बिद्यार्थी छोईसक्ना छन र !
पुरु !