सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ: खेलकुद परीषद सदस्य सचिव

<span class='c1'>सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला</span> <span class='c2'>बन्छ: खेलकुद परीषद सदस्य सचिव</span>

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार-पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताउनुभयो । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उहाँको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा सङ्घ मर्कामा परेको बताउनुभयो ।

प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ । कास्कीले स्याङ्जालाई सात पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८ दशमलव पाँच ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको योगफल तयार गरेकामा कास्कीले २८ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो । कास्कीको तर्फबाट अभिषेक थापाले अविजित ४३ तथा सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाउनुभएको थियो । स्याङ्जाका विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन बनाउनुभयो । कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान तीन÷तीन विकेट तथा कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक÷एक विकेट लिनुभयो । प्रतियोगिता अन्तर्गत शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने सङ्घका सचिव सुमनराज कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्