सिद्धार्थ बैंकद्धारा नागरिक केयर सेन्टरलाई ५ लाख रूपैयाँ सहयोग

<span class='c1'>सिद्धार्थ बैंकद्धारा नागरिक केयर सेन्टरलाई</span> <span class='c2'>५ लाख रूपैयाँ सहयोग</span>

विराटनगर । विराटनगरमा कोरोनाका विरामीहरूको उपचारका लागि बन्दैगरेको नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंकले ५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट १ नम्बर प्रदेशका प्रमुख कमल बस्नेत र विराटनगर शाखा प्रमुख ज्योतेन्द्र पौडेलले नागरिक केयर सेन्टरका अध्यक्ष तथा तत्कालीन संविधासनभाका सदस्य पवन सारडालाई चेक हस्तँन्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र विराटनगर महानगरपालिकाका तर्फबाट अधिकृत पुनम दाहालको उपस्थिति रहेको थियो । विराटनगरका उद्योगी व्यवसायीहरूको सक्रियतामा निर्माण भैरहेको नागरिक केयर सेन्टरमा १ सय १० शैयाको सुविधायुक्त अस्पताल निर्माण भैरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो अस्पतालको आउँदो साता उद्घाटन गरिने भएको छ ।

विराटनगर–१४ मा स्थापना गरिएको कोभिड–१९ अस्पताल हाताभित्रै नागरिक केयर सेन्टर स्थापना गरिएको हो । कोरोना नियन्त्रण भैसकेपछि पनि सो ठाउँमा कोशी अस्पतालको विस्तारित अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । नागरिक केयर सेन्टरमा करिब २ करोड ५० लाख लगानी भएको सेन्टरका अध्यक्ष सारडाले बताए । सो सेन्टरमा उद्योगी व्यवसायीहरूका साथै वित्तीय संस्थाहरूले पनि सहयोग गरेका छन् । सिद्धार्थ बैंकले सामाजिवक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्