क्विकरफुडले ल्यायो ‘डिल–इसिएस कर्निभल–२०२१’

<span class='c1'>क्विकरफुडले ल्यायो</span> <span class='c2'>‘डिल–इसिएस कर्निभल–२०२१’</span>

विराटनगर । विराटनगरबासीबीच भोकको सारथीको पहिचान बनाएको क्विकरफुडले क्रिसमस र न्यू इयर २०२१ लाई लक्षित गर्दै डिल–इसिएस कर्निभल २०२१ अफर ल्याएको छ। बिभिन्न अवसरमा आफ्नो ग्राहकहरुको लागि छुट र उपहारका अफर दिदैं आएको क्विकरफुडले २० डिसेम्बर २०२० बाट कर्निभलको छुट र उपहार योजना २ जनवरी २०२१ सम्मका लागि घोषणा गरेको हो ।

क्विकरफुडका निर्देशक दिवस दाहलका अनुसार यस कर्निभल अन्तर्गत एक भाग्यशाली ग्राहकले न्यूइयर केक र यो अवधीभरी नै अर्डर गर्ने ग्राहकलाई उपहार स्वरुप स्यानटा क्याप, चकलेट, कप जस्ता आकर्षक उपहार दिइनेछ । ग्राहकले तोकिएको अवधीमा प्रत्येक दिन विराटनगरका रेस्टुरेन्टहरुबाट १० प्रतिशत छुट र क्रिसमस ईभ, क्रिसमस, न्यू इयर ईभ, न्यू इयरका दिन १० रेस्टुरेन्टबाट १० प्रतिशत छुट पाउनेछन् । यो १० प्रतिशत छुट पाउनका निम्ति क्विकरफुडको एप्स, वेबसाइटबाट अर्डर गर्दा कुपन कोडको प्रयोग अनिवार्य गर्नु पर्ने हुन्छ ।

यस कार्निभल अन्तर्गत न्यू इभसम्म अर्डर गर्ने २ जोडी लाई न्यूइयरको दिन ‘बर्कोड लाउन्ज र आमाज व्यक्यार्द’ बाट फ्री डिनर कुपन पाउनेछन्। त्यसैगरी सामाजिक सञ्जालमा लागातार मनोरञ्जनात्मक क्वीजहरुमा सहि उत्तर दिनेलाइ गोलाप्रथा मार्फत फुड कुपन दिने क्विकरफुडका म्यानेजर क्षितज गौतमले जानकारी दिनुभयो । कोरोना भाइरसको सन्त्रासले त्रसित जनजीवन बिस्तारै सहज परिस्थिति तिर लम्किदै छ, आफ्नो पुरानो दैनिकमा फर्किएका विराटनगरबासीका लागि क्विकरफुडले ल्याएको यो कर्निभलले पक्कै पनि उत्साहित बनाउने छ, म्यानेन्जर गौतमले भन्नुभयो–तर आझै पनि महामारीको अवस्था खतरामुक्त भएको आमनागरिकले महसुश गरिसकेका छैनन् । क्विकरफुडका अर्का निर्देशक सरोज लम्साल कोरोना संक्रमणको जोखिममै रहेकाले सुरक्षाका साथ २०२१ लाई स्वागत गर्दै तातो मिठो खाना अर्डर गरि क्विकरफुडले ल्याएको डिल–इसिएस कर्र्निभल २०२१ को पूर्र्ण रुपमा मजा उठाउँन ग्राहकसँग अनुरोध गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्