सशस्त्र प्रहरीहरूको तस्करी नियन्त्रणका नाममा कमाउधन्दामा

<span class='c1'>सशस्त्र प्रहरीहरूको तस्करी</span> <span class='c2'>नियन्त्रणका नाममा कमाउधन्दामा</span>

झापा, १३ असार : नेपालको पूर्वी नाका काकँडभिट्टामा खटिएका राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरीहरू तस्करी नियन्त्रणका नाममा कमाउधन्दामा लागेको पाइएको छ । काँकडभिट्टामा रहेको गुल्मका प्रहरी निरीक्षकदेखि जवानसम्मले भन्सार छल्ने तस्करहरूसँग मासिकरुपमा पैसा उठाउने गरेको खुलासा भएको छ । सीमावर्ती भारतीय बजार पानीटंकीबाट दैनिकजसो सामान लिएर आउने पोकेव्यापारीहरूबाट सशस्त्र प्रहरीले मासिकरुपमा पैसा लिएर अवैध समान ल्याउन छुट दिने गरेको तथ्य फेला परेको छ । सशस्त्रले कारोबारको परिमाणअनुसार सामान ल्याउनेसँग प्रतिव्यापारी मासिक ५ हजारदेखि ७ हजारसम्म लिने गरेका छन् । राजस्व चुहावट नियन्त्रण गर्न खटिएका ससस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक रामहरि अधिकारीले प्रहरी निरीक्षक हरि पराजुलीलाई सिभिल पोशाकमा व्यापारीसँग पैसा उठाउन खटाउने गरेका छन् । यस्तै प्रहरी निरीक्षक पराजुलीले भने आफ्ना वरिष्ठ हवल्दार इन्दल सिंहलाई भेटेर काम गर्न व्यापारीहरूलाई निर्देशन दिने गरेका छन् । सिंहले पूर्वीनाका काँकडभिट्टा भएर अवैध सामान भित्र्याउने झापा मोरङ र सुनसरीका करिब ३० वटा समूहसँग मासिक डिल गर्ने गरेको स्रोतको भनाइ छ । सिंहले प्राय गरेर भारतको पानीटंकी र काँकडभिट्टाको शेरेपञ्जाव होटलमा व्यापारीहरूलाई बोलाई पैसा लिने गरेको व्यापारीहरू नै बताउँछन् । व्यापारीहरूबाट दैनिक तथा मासिक रुपमा पैसा असुल्न पल्केका सशस्त्र प्रहरीले बारम्बार व्यापारीहरूसँग फोनमा बार्गेनिङ गर्ने गरेका छन् । सशस्त्रले नाकाका विभिन्न ठाउँमा मान्छे खटाएर रकम असुली गर्ने गरेका छन् । सशस्त्रलाई तोकेको समयमा पैसा नदिए सामान पक्रिने गरेको व्यापारीहरू नै बताउँछन् । यस्तै सामान प्रक्रने र छोड्ने विषयमा सशस्त्र र जनपद प्रहरीबीचको कुरा नमिल्दा नाकामा दुई संगठनका प्रहरीबीच कुटाकुटसमेत हुने गरेको छ । यो वर्षमात्र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका दुईजना प्रहरी कर्मचारीहरू कुटिएका छन् । केही दिनअघि भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पाँच लिटर खानेतेल जनपदका प्रहरीले समातेपछि भन्सार नियन्त्रण गुल्म काँकडभिट्टाका सशस्त्रका असई दीपककुमार श्रेष्ठले जनपद प्रहरीलाई बीच सडकमै कुटेका थिए । झापाको काँकडभिट्टा नाकाबाट सशस्त्रलाई घुस दिएर भन्सार नतिरी भित्रिएका सामान सशस्त्रकै मिलेमतोमा झापाको विर्तामोड, दमक, मोरङको उर्लाबारी सुनसरीको इटहरी र राजधानीसम्म पुग्ने गरेका छन् ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्