शहिदका छोराछोरीलाई उच्च शिक्षा पढ्न समस्या

<span class='c1'>शहिदका छोराछोरीलाई उच्च</span> <span class='c2'>शिक्षा पढ्न समस्या</span>

इटहरी, १४ असार : एसएलसीमा विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण गरेका सहिद स्मृति आवासीय माध्यमिक विद्यालय इटहरीका विद्यार्थीहरु उच्च शिक्षा कहाँ र कसरी पढ्ने भनेर चिन्तित बनेका छन् । विद्यालयमा प्लस टु नहुनु र बाहिर गएर पढ्न सक्ने आर्थिक अवस्था पनि नभएपछि विद्यार्थीहरु अन्योलमा परेका हुन् । द्वन्द्वमा बाबुआमा र आफन्त गुमाएका अनाथ, घाइते, अपाङ्गता भएकाहरुका छोराछोरी उक्त विद्यालयमा पढ्छन् । विद्यालयले स्थापना भएको सात वर्षमै एसएलसीमा शत्प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । उत्तीर्णमध्ये २ जनाले विशिष्ट श्रेणीमा र बाँकी सबै प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । उनीहरु एसएलसी उत्तीर्ण भएकोमा जति खुसी छन् त्यति नै बढी पढाइलाई कसरी अगाडि बढाउने भन्नेमा चिन्तित छन् । एसएलसी उत्तीर्णहरु प्राय सबै सहिद परिवारका सन्तान हुन् । एकजना अपाङ्ग छन् । एसएलसी उत्तीर्ण गरेका उनीहरु कोही नर्स, कोही डाक्टर, कोही पत्रकार त कोही प्रशासक बन्न चाहन्छन् । तर विद्यालयमा १० कक्षाभन्दा माथि पढ्ने व्यवस्था छैन । शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि खुसी भएको विद्यालय पनि अब बिद्यार्थीलाई उच्च माध्यमिक शिक्षा कहाँ र कसरी दिने भन्नेमा चिन्तित छ । २०६६ सालमा स्थापना भएको विद्यालय सुरुमा कक्षा १ देखि  ५ सम्म मात्र थियो । तर विभिन्न दाताहरुको सहयोगमा  विद्यालयले स्तरोन्नति गर्दै हाल एसएलसी उत्तीर्ण गराउन सफल भएको हो । देशभरका पाँच स्थानहरु जिरी, पोखरा, दाङ, डोटी र सुनसरीमा यस्ता विद्यालय सञ्चालनमा छन् । तर छिटो प्रगति गर्नेमध्येमा पर्छ सुनसरीको तरहरामा रहेको यो विद्यालय । यहाँ पढ्ने धेरैका बाबुआमा र अन्य आफन्त छैनन्, कक्षा १० सम्म त जेनतेन पढ्छन्, तर उच्च शिक्षा कसरी पढ्ने ? एसएलसीपछि कहाँ र कसरी पढ्ने भन्ने चिन्ता यसपालि एसएलसी उत्तीर्ण हुनेहरुलाई मात्र हैन माध्यमिक तहमा पढ्दै गरेकाहरुलाई पनि परेको छ ।

makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्