बलात्कारीलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद

<span class='c1'>बलात्कारीलाई १० वर्ष कैद</span> <span class='c2'>र हत्यारालाई सर्वस्वसहित जन्मकैद</span>

 

इलाम, १६ असार, जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई आज १० वर्ष लामो कारावास सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं। र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै घिमिरेलाई १० वर्ष कैद र पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । घिमिरेले चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए ।

यस्तै, जिल्ला अदालतले बालक हत्याका आरोपित चमैता–६ का देशकुमार राईलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले राईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (३) बमोजिम कसुर ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो ।

चमैता–६ का १० वर्षीय विशाल राईलाई देशकुमारले गाईवस्तु चराउन जङ्गल गएका बेला हत्या गरेको आरोपसहित उनका बाबु अर्जुन राईले गत वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्