विराटनगर–१६ दरैयामा फेला पारियो २ लाख ९७ हजारको सामान

<span class='c1'>विराटनगर–१६  दरैयामा फेला पारियो</span> <span class='c2'>२ लाख ९७ हजारको सामान</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलिले विराटनगर–१६ दरैयाचोकबाट २ लाख ९७ हजार ४०० मूल्य बराबरको सामान बरामद गरेको छ । जोगबनीबाट भन्सार छलेर अवैध भित्र्याइएको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीेले बरामद गरेको लत्ता–कपडाको मालिक को हो भन्ने खुलाइएको छैन । दावी अनुसार सामान दरैया चोक नजिकै वेवारिसे अवस्थामा मंगलबार बिहान फेला परेको थियो । वेवारिसे अवस्थामा फेला पारिएको लत्ताकपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो।


लेडिज कुर्ता सुरुवाल सेट २०५ थान, जिन्स पेन्ट १४५ थान, स्लट जामा ४ थान, लेडिज (बनारसी, साधा) साडी २४ थान, पेन्ट–सर्टको कपडा ४ रोल, लेडिज लेहेङ्गा ४ थान, पर्दाको कपडा ३ थान, तन्ना तथा सिरानीको खोला २२ थान, बिभीन्न चाबिमा लाग्ने रिङ १ बोरा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्