क्याम्पस प्रशासनले तलब दिँदा लिन मान्दैनन् लिम्बू

<span class='c1'>क्याम्पस प्रशासनले तलब दिँदा</span> <span class='c2'>लिन मान्दैनन् लिम्बू</span>

पाँच वर्षदेखि तलब बिनै क्याम्पस पढाउँदै

मोरङ, असार १७– विद्यालय र कलेजमा पढाउँदा योग्यता अनुसारको पारिश्रमिक नपाएको धेरै शिक्षक÷प्राध्यापकको गुनासो हुने गरेको छ । तर मोरङ बेलबारीका एक प्राध्यापकले चाहिँ पाँच वर्षदेखि पारिश्रमिक नलिइकन क्याम्पसमा पढाइरहेका छन् ।
बेलबारी–३ का समाजसेवी ५० वर्षीय राजकुमार लिम्बूले बेलबारी क्याम्पसमा २०६८ सालदेखि बिनापारिश्रमिक पढाइरहेका हुन् ।
क्याम्पस प्रशासनले पटकपटक पढाएको पारिश्रमिक लिन आग्रह गर्दा पनि प्राध्यापक लिम्बूले पारिश्रमिक लिन चाहेका छैनन्

अर्थशास्त्र विषयका प्राध्यापक लिम्बूले आफू समाजसेवी भएकाले क्याम्पसमा पढाएको पैसा लिनुभन्दा बरु आर्थिक अवस्था कमजोर भएको क्याम्पसलाई नै सहयोग पुगोस् भनेर पारिश्रमिक नलिएको बताउँछन् । उनले क्याम्पसमा पढाउन्जेल आफूले कुनै पारिश्रमिक नलिने घोषणा पनि गरेका छन् ।
धनकुटाको मौनाबुधुकबाट एसएलसी उत्तीर्ण गरी वैदेशिक रोजगारमा झन्डै दश वर्ष जापानमा बिताएका लिम्बूले फर्केर आएपछि ३७ वर्षको उमेरमा मात्र क्याम्पस पढ्न थालेका हुन् । अर्थशास्त्रमा एमए गरेपछि उनले बेलबारी क्याम्पसमा बिनापारिश्रमिक पढाउन थालेका हुन् ।

समाजसेवा भनेपछि हुरुक्क हुने प्राध्यापक लिम्बू नेपाली काँग्रेस बेलबारी नगर सभापति र लायन्स क्लब बेलाबारीका अध्यक्ष, बेलबारी क्याम्पस सञ्चालक समिति सदस्य तथा बेलबारीस्थित बेतना एफएम रेडियोका अध्यक्ष पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्