मध्यपहाडी जिल्लामा विकासका नयाँ सम्भावनाहरू

<span class='c1'>मध्यपहाडी जिल्लामा विकासका</span> <span class='c2'>नयाँ सम्भावनाहरू</span>

बिराटनगर असार १९

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो बाटो बीपी राजमार्ग (बर्दिबास-सिन्धुली–बनेपा) को निर्माणसँगै सिन्धुलीलगायत मध्यपहाडी जिल्लामा विकासका नयाँ सम्भावनाहरू खुल्न थालेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

सडकले ती जिल्लामा कृषि, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारका साथै जीवनस्तरमा महत्‍वपूर्ण परिवर्तन ल्याउन थालेपछि विकासका दृष्टिले बर्सौंदेखि पछि परेका महोत्तरी, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, सोलुखुम्बुलगायत मध्यपहाडी जिल्लामा विकासको सम्भावना उदय भएको हो।
राजमार्गले जोडिएका सिन्धुली र आसपासका जिल्लाका साथै पूर्वी नेपालका सोलुखुम्बुबाहेक सुनसरी, मोरङ, धनकुटा, पाँचथर, तेह्रथुम, झापा, ताप्लेजुङ र खोटाङसम्मको विकासका लागि कोसेढुंगा साबित हुने स्थानीय बताउँछन्। राजमार्गले भारत र चीनसँगको व्यापार सहज बनाउनेदेखि सामान्य वर्गको जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ।

राजमार्गका कारण ठूला विद्युत् आयोजनाका लागि निर्माण सामग्री ढुवानी, स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणदेखि उद्योग र रोजगारसम्मको सम्भावना बढेको सिन्धुली रतनचुरा २ का विष्णुबहादुर श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्