इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाई हुने

<span class='c1'>इटहरी उपमहानगरपालिकाका खोला नालाहरु</span> <span class='c2'>पुर्ण रुपमा सरसफाई हुने</span>

विराटनगर १९ असार ।

बर्षौदेखि सफा नगरिएका साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाइ गरिने भएको छ । बजार ब्यावस्थापन समिति तरहराले आज तरहरामा आयोजना गरेको खोला नाला सरसफाइ तथा प्रर्बदन कार्यक्रममा खोलानालाहरु पुर्ण रुपमा सरसफाइ गरिने सर्बपक्षिय प्रतिबद्धता समेत गरिएको छ । हासपोसामा रहेको पानिपिया र खार्साला खोलाको सरसफाइ गर्नका लागि उपमहानगरपालिकाले स्काभेटर समेत दिने भएपछि आसपासमा रहेका घरटहराहरु समेत भत्काउने भएको छ । पछिल्लो समय तरहरा वजारको फोहोर ब्यावस्थापन गर्नका लागि बजार ब्यावस्थापन समिति आफै सक्रिय भएर लागेपछि तरहरा सफा र सुन्दर वन्दै गएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिृकत पशुपति खतिवडाले बताउनुभयो । अधिकृत पशुपति खतिवडाले तरहराले गरेको काम उच्च भएको वताउनुभयो । कार्यक्रममा समितिका कोषाध्यक्ष हरि गुरुगंले समितिको आयब्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हङकङ हाँसपोसा तरहरा मञ्चका अध्यक्ष कालसिंह राईले संकलन गरेर पठाएको २१ हजार रुपैयामा सामादायिक विद्यालयमा अन्र्तगत सहिद स्मृति आवसिय विद्यालय तरहरावाट एसएलसीमा राम्रो अंक ल्याएर उतिंर्ण पुरान राईलाई बितरण गर्दे सम्मान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्