प्रमुख अतिथि को बन्नेमा झगडा हुँदा खुला दिसामुक्त घोषण कार्यक्रम स्थगित

<span class='c1'>प्रमुख अतिथि को बन्नेमा झगडा हुँदा</span> <span class='c2'>खुला दिसामुक्त घोषण कार्यक्रम स्थगित</span>

विराटनगर १९ असार । नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्ना सभासदलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै झगडा गरेपछि खोटाङको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीबाट विजयी सभासद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय, सर्वपक्षीय बैठकले काँग्रेसबाट समानुपातिक कोटामा सभासद् बन्नुभएकी सरस्वती बजिमयलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो, पछि आएर एमालेले आफ्नो पार्टीबाट प्रत्यक्ष निर्वा्चित सभासद्लाई बनाउनुपर्छ भन्यो, त्यही विषयमा कुरा नमिलेपछि घोषणा कार्यक्रम स्थगित गरिएको हो ।”
अतिथि विवादमा नभई सबै घरमा चर्पी नबनी घोषणा गर्ने तयारी गरिएकाले केही समय पछि सारेर सबै घरमा चर्पी बनाएपछि मात्र घोषणा गर्न आग्रह गरिएको एमाले अध्यक्ष बबि चाम्लिङले बताउनुभयो । सम्पूर्ण तयारी पूरा गरिएको कार्यक्रम एकजनाका कारण स्थगित गर्नु दुःखद् घटना भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्