अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई सम्मान

<span class='c1'>अन्तरजातीय विवाह गर्ने</span> <span class='c2'>पाँच जोडीलाई सम्मान</span>

 

उर्लाबारी, १९ असार÷अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ ।
दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछुत मुक्त समाज निर्माणका लागि जनचेतना सम्बन्धि हाम्रो अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।
उर्लाबारी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीय गौरव श्रेष्ठ र सोनिका सुन्दास, प्रमिला सुन्चोरी र सन्दीप कुमाल, संगीता राई र मिलन विक, सागर तामाङ रमीना दर्जी तथा धनबहादुर दर्जी र सानुमाया धिमाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल दलीत संघका केन्द्रीय सदस्य भिमलाल गहतराजले दलीतहरुको हकअधिकार स्थापित गर्न गैह्र दलीतलाई सहयोग गर्न आग्रह गर्नुभयो । गैह्र दलीतको सहयोगबाट मात्रै दलीतको हकअधिकार स्थापित हुने र नेपाली समाजलाई छुवाछुत मुक्त बनाउन सकिने उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष यमलाल रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय उर्लाबारीका उपसचिव ओमकुमार बस्नेत, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख श्रीराम भण्डारी, अन्तरपार्टी महिला सञ्जाल उर्लाबारीकी निवर्तमान अध्यक्ष भिष्मा रेग्मी, समाजसेवी जयधर्म आचार्यलगायतले छुवाछुतरहित समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्