नोबेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा पाठेघर सम्बन्धी शिविर हुने

<span class='c1'>नोबेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा</span> <span class='c2'>पाठेघर सम्बन्धी शिविर हुने</span>

उर्लाबारी असार १९ गते ।

नारी जागरण केन्द्र मोरङ, उर्लाबारीले एक दिने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक एवं भौतिक सहयोगमा असार २० गते आईतवार शिविरको आयोजना गर्न लागेको हो ।

अरनिको हस्पिटल उर्लाबारीको हाताभित्र हुने शिविरमा महिलाको पाठेघर खस्ने तथा पिसाब चुहिने फिस्टुला रोग सम्बन्धी बरिष्ठ स्त्री रोग चिकित्सकहरुबाट परिक्षण तथा आवश्यक परामर्श दिईने नारी जागरण केन्द्रकी अध्यक्ष शोभा चेम्जोङ पाङ्लुवाले बताउनुभयो ।

पाठेघरको मुखमा क्यान्सर रोग लागेको शंकास्पद भएकाहरुलाई विशेष प्रविधी पेप स्मीयरद्धारा परिक्षण गरिनेछ ।
आर्थिक अभाव र लाजका कारण रोग लुकाएर स्वास्थ्य सँस्था सम्म पुग्न नसकेका महिलाहरुलाई सहजताको लागि शिविरको आयोजना गरिएको अध्यक्ष चेम्जो ङ पालुड्वाले बताउनुभयो ।

महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर,आङ्ग खस्ने,तल्लो पेट दुख्ने,सेतो पानी बग्ने, पिशाब चुहिने, महिनावारी गडीबडी जस्ता रोगको परिक्षण तथा परामर्श पनि दिईने संस्थाकी सदस्य रुपा निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्