मोतीप्रसाद खतिवडाको उपचारमा सहयोग जुट्न थाल्यो

<span class='c1'>मोतीप्रसाद खतिवडाको उपचारमा</span> <span class='c2'>सहयोग जुट्न थाल्यो</span>

उर्लाबारी असार २० गते ।

मोरङ राजघाट-७ भोटेपुल निवासी मोतीप्रसाद खतिवडाको उपचारमा सहयोग जुट्न थालेको छ ।

आईतवार राजघाटको दुर्गापुरीमा राजघाटवाशीले बजारवाशी लगायतसँग आर्थिक संकलन गरेपछि सहयोग जुट्न थालेको हो ।

राजघाटका राजकुमार योञ्जन, नारायण बस्नेत, शिक्षाप्रेमी बाबुराम बुढाथोकी सञ्चारकर्मी तेजन खड्का, हेमराज गुरुङ, प्रेम बर्देवा, जीवन भट्टराई, तुलशी श्रेष्ठ लगायतले बजारवाशीसँग खतिवडाको उपचारका लागि सहयोगको मागेका थिए ।

बजारबाट आइतवार ९ हजार ६ सय २ रुपैया सहयोग संकलन भएको छ । संकलित रकम पिडीतको परिवारलाई हस्तान्तरण गरिने नारायण बस्नेतले बताएका छन् ।

क्यान्सर रोगबाट थलिएका मोतीप्रसाद भरतपुर क्यान्सर अस्पतालमा आफ्नो स्वास्थ्य उपचार गराउन चाहान्छन् ।

तर उनीसँग त्यहा गएर उपचार गर्ने जायजेथा छैन् ।

मोतीप्रसादले सकेको सहयोग गर्न आग्रह गरेका छन् । अस्पष्ट आवाजले बोल्ने मोतीप्रसादले भनेका छन् , म बाँच्न चाहान्छु । मलाई उपचारमा सहयोग गर्नुहोस । म निको भएर पहिले जस्तै समाजसेवामा क्रियाशिल हुन चाहान्छु ।

मोतीप्रसादले क्यान्सर अस्पाताल सम्म जाने इच्छा साकार पारिदिन अनुरोध गरेका छन् ।

स्मरण रहोस,यि अपाङ्गता भएका ब्यक्ति आफ्नो शरिर स्वास्थ्य रहुन्जेल अपाङ्गता क्षेत्रमा क्रियाशिल थिए । ग्रामिण अपाङ्ग सेवा संघ राजघाटका सदस्य,पुर्वाञ्चल बहिरा संघ पुर्वाञ्चल सदस्य तथा श्री अरनिको उच्च माविका शिक्षक अभिभावक संघका सदस्य पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्