भेडेटारमा आधुनिक पिकनिक स्पोर्टको निर्माण

<span class='c1'>भेडेटारमा आधुनिक पिकनिक</span> <span class='c2'>स्पोर्टको निर्माण</span>

धनकुटा, २० असार : धनकुटाको पर्यटकीयस्थल भेडेटारमा आधुनिक पिकनिक स्पोर्टको निर्माण गरिएको छ । सहरी भवन निर्माण विभागको ५१ लाख तथा स्थानीयको चार लाखसहित  कुल ५५ लाख रुपैयाँको लागतमा पिकनिक स्पोर्ट निर्माण गरिएको हो । करिब दश रोपनी क्षेत्रफलमा फैलिएको सो पिकनिक स्पोर्टमा एकैपटकमा एक दर्जनसम्म टोलीले पिकनिक खान सक्ने गरी पूर्वाधार निर्माण गरिएको छ । हाल पानी बिजुलीसहित बाटो, फूलबारी, आधा दर्जन आधुनिक टहरा निर्माण गरिसकिएको छ । व्यवस्थित पिकनिक स्पोर्टको अभावमा यसअघि भेडेटारमा पिकनिक खान आउने व्यक्तिहरु बिजुली र पानीको अभाव झेल्दै खुल्ला ठाउँमै पिकनिक खान बाध्य थिए ।  भेडेटारमा विदाको दिन एक सयभन्दा बढी टोली तथा अन्य दिन दुई दर्जनको हाराहारीमा पूर्वका विभिन्न ठाउँबाट पिकनिक खान आउने गरेका छन् ।

Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्