कोसीपीडितहरु आन्दोलनमा

<span class='c1'>कोसीपीडितहरु</span> <span class='c2'>आन्दोलनमा</span>

इनरुवा, २० असार : कोशी सम्झौताअनुरुप सेवा सुविधा नपाएको भन्दै सप्तकोसी नदी आसपासका बासिन्दाले आइतबार कोसी ब्यारेजमा प्रदर्शन गरेका छन् । सन् १९५४ अप्रिल २५ अर्थात् वि.सं. २०११ साल वैशाख १२ गते सम्पन्न नेपाल भारत कोशी सम्झौताअनुरुप पाउनुपर्ने क्षतिपूर्ति र मुआब्जा नपाएको भन्दै सुनसरी, सप्तरी र उदयपुरका कोसीपीडितहरुले ब्यारेज नियन्त्रण कक्षअघि प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा भेला भएका कोसीपीडितहरुको धर्ना र प्रदर्शनका कारण कोशी ब्यारेज भएर सञ्चालित सवारी साधन आधा घण्टा बढी समयसम्म अवरुद्ध हुन पुगेको थियो । बालीनालीको क्षतिपूर्ति एवं मुआब्जा, स्वास्थ्य, शिक्षा र पुनर्वासलगायतको माग गरेका उनीहरुले कोशी नदी डुबान कटान पीडित समितिको पूर्वनिर्धारित कार्यतालिकाअनुसार ब्यारेज घेराउ तथा प्रदर्शन गरेका हुन् । कोशी सम्झौतालाई आधार मानी भारतीय पक्षले नेपाली भूभागमा पर्ने कोसी नदीमा बाँध बाँधेको थियो । भारतीय पक्षले कोसीले बिहारमा पु¥याउन सक्ने क्षति र भारतीय भूमिमा सिंचाइका लागि नेपाली भूमिमा बाँध निर्माण गरेको थियो । कोशी सम्झौताअनुसार बाँध निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिने, बाँध निर्माणपछि पुग्न सक्ने डुबान, कटानको अवस्थालाई मध्यनगर गर्दै नदी आसपासका बासिन्दाको हकमा पुनर्वास र उचित राहत दिने भारतीय पक्षसँगको सम्झौतामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्