लघु उद्यम विकास कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी

<span class='c1'>लघु उद्यम विकास</span> <span class='c2'>कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी</span>

[सन्तोष रुचाल]

असार २२, धनकुटा । गरिवी निवारणमा टेवा पुर्याउने उद्देश्यले धनकुटा जिल्लाको ४ ओटा विकट गाविसहरुमा यस बर्षदेखि संचालन गरिएको लघुुउद्यम विकास कार्यक्रम गाउँ–गाउँमा प्रभावकारी रुपमा संचालन भएको पाइएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख एवं वरिष्ठ उद्योग अधिकृत सुरेन्द्रकुमार थापा मगरले गरिवी निवारण तथा न्युनिकरण गर्न यी गाविसका स्थानिय जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै १८ लाख २३ हजार रुपयाँको लगानीमा लघु उद्यम विकास कार्यक्रम संचालन गरेको बताउँनुभयो ।घरेलु तथा साना उधोग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाले फाक्सिव, भेडेटार, डाडागाउँ र खोकु गाविसमा संचालन गरेको लघु उद्यम विकास कार्यक्रम प्रभावकारी रुपमा संचालन भएको छ ।

जिल्ला विकास समिति धनकुटाले खटाएको अनुगमन टोलीले अनुगमनको क्रममा जिल्लाको खोकु गाविसमा संचालन भएको दालमोट, भुजिया, डोनट, सिलाई–कटाई र मुढा वुनाई तालिमको स्थालगत रुपमा अनुगमन गरेको थियो ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत खोकु गाविस– ५, ८ र ९ वडाका विपन्न वर्गका परिवारहरु सहभागी रहेका छन् । खोकुका ३ ओटा वडाका विपन्न परिवारको पहिचान गरी दालमोट, भुजिया र डोनट वनाउने तालिममा ८ जनाले भाग लिएका थिए । त्यस्तै खोकु गाविसमा नै २ महिने सिलाई कटाई तालिममा ११ जना, २ महिने मुडा वुनाई तालिममा १२ जनाले भाग लिएको प्रशिक्षक सञ्जीव राईले वताउँनुभयो ।

घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले दिएको जानकारी अनुसार लघु उद्यम कार्यक्रम भेडेटार गाविसको ८ र ९ नं. वडामा बाँसको हस्तकलाको सामाग्री बनाउने, दालमोड भुजिया वनाउने तालिम संचालन गरिएको थियो । त्यसैगरी फाक्सिव गाविसको ६ र ७ नं. वडामा होजियारी वनाउने तालिम र तरकारी खेतीमा लगानी, र डाँडाँगाउँ गाविसको ९ नं. वडामा बंगुपालन, वाख्रा पालन कार्यक्रम संचालन गरेको थियो ।

उक्त तालिमहरुमा आदिवासी जनजाति, महिला र पछाडि पारिएका दलित समुदायलाई समावेशी ढंगले कार्यक्रममा सहभागी गराइएको घरेलु तथा साना उद्योग मुख्य शाखा कार्यालय धनकुटाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्