माटो परिक्षण को लागि घुम्ति शिविर

<span class='c1'>माटो परिक्षण को</span> <span class='c2'>लागि घुम्ति शिविर</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रतुुवामाई नगरपालिकामा माटो परिक्षणका लागि शिविर संचालन गरिएको छ । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना अन्तर्गत परियोजना र धान जोन कार्यक्रम संचालन हुुँदै आएको र नगरपालिका भित्रका लागि खेतीयोग्य जमिनको माटो परिक्षण सुरु गरेको हो । उब्जनी बढाउनका लागि माटोको उपचार गर्दै उत्तपादन बढाउन सिविर सन्चालन गरिएको हो । सो शिविरमा १ सय ५ जना किसानहरुले माटो परिक्षणका लागी दिएक छन् ।

माटोको उर्भरा शक्ति घटदै गएपछि परियोजनाले निशुुल्क माटो परिक्षण शुुरु गरेको हो । सो अवसरमा परिक्षण सार्वजनिक गर्दै कुुन प्रकारको माटोमा कस्तो वाली लगाउदा उपयुुक्त हुुन्छ भन्ने विषयमा समेत किसानलाई सुुझाव दिइएको थियो । प्रधानमंत्री कृषि आधुुनिकिरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुुख विनोदकुुुमार मण्डलले परिक्षण गरिएको अधिकांस माटोमा आमलियपन अत्याधिक रहेकाले त्यसको निराकरणका लागी कृषि चुुनको प्रयोगगर्न किसानलाई आग्रह गरेका छन । माटो परिक्षण गरेर त्यस्को निराकरणगर्दै उत्तपादन वढाउन किसानको घरदैलोमा माटो परिक्षण घुुम्ति शिविर संचालन गरेको समेत मंण्डल ले बताए । चैते धानलाई विस्तारगर्ने सरकारको निति अनुुसार यो परिक्षण गरिएको र परिक्षण पछि किसानलाई स्वायल टेष्टकार्ड दिने बताए ।

माटो तथा मल परिक्षण प्रयोगसाला झुुम्का सुुनसरीका प्रमुख नाथुप्रसाद चौधरी तथा सो कार्यालयका माटो विज्ञ दिगम्वर प्रसाद यादवले माटो परिक्षण र त्यसको उपचार विधिमा किसानले समेत ध्यान पुु¥याउनुु पर्नेमा जोड दिएका छन । धान जोन कार्यक्रमाम सलग्न किसान राजुु सापकोटाले परियोजनाका कारण गाउगाउमा माटो परिक्षण शिविर संचालन हुुनुुुका साथै तत्काल त्यसको परिक्षण सार्वजनिक हुुनुले अव परिक्षणका लागी माटो वोकेर किसानले सहर जानुपर्ने वाध्यता अन्त्य भएकोमा खुुशि व्यक्त गरे । उपकरण तथा प्रयोगशाला सहितको घुम्ति वसमा माटो परिक्षणको व्यवस्था मिलाएको हो ।

सो नगरपालिकाको ६, ७, ८ , ९ र १० नम्वरवर्डामा दुुईवर्षदेखी धान जोन कार्यक्रम संचालन हुुदै आएको छ । एकहजार हेक्टर जग्गामा संचालन हुुदै आएको सो कार्यक्रममा वाट साढे १७ सय किसान लाभान्वीत भएका छन । परियोजनाले किसानलाई ५० प्रतिशत अनुुदानमा मलविउ सिचाईका लागी पम्पसेट , वोरिङ तथा धान काटने मेशिन तथा हलो जोत्ने टयाक्टर पावर टिलर उपलव्ध गराएपछि किसान लाभान्वित भएका हुुन ।
जोनका कारण धान उत्तपादनमा समेत उल्लेखनिय वृद्धि भएको परियोजना प्रमुुख मण्डललको भनाई छ । उन्नत जातको विउ तथा सिचाइको सहज व्यवस्था भएकाले उत्तपादन वढेको उहाको दावी छ । जोन कार्यक्रम प्रभावकारी भएपछि अन्य वर्डाका किसानले समेत यसको विस्तार हुुनुुपर्ने वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्