संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन : ओली

<span class='c1'>संविधान जारी गर्न अब कसैले</span> <span class='c2'>रोक्न सक्दैन : ओली</span>

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणमा कसैले रोक्न नसक्ने बताएका छन् ।
उनले संविधान साउन १५ मा अथवा दुई दिन यताउता भएपनि जारी हुने दाबी गरेका छन् । झापा जिल्ला फुटबल संघले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्दै ओलीले १६ बुँदे सहमति नेपाली राजनीतिक इतिहासमा कोसेढुंगा भएको भन्दै संविधानको बाटो खुलेको बताए । उनले मुलुकको विकास गर्न सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै आआफ्नो क्षेत्रबाट लागि पर्न आग्रह गरे ।
एमाले अध्यक्ष ओलीले धर्म, भाषा र जातिको नाममा लडाइँ नगरी राष्ट्रमा परेको संकटलाई समाधान गर्न सबै एकजुट बन्नुपर्ने धारणा राखेका छन् । उनले झापामा फुटबल क्षेत्रमा भइरहेको विकासको प्रशंसा गर्दै डोमालाल रंगशालाको विकासमा आफ्नो तर्फबाट पनि सहयोग रहने बताए । उनले झापा ११ मुलुककै चर्चित फुटबल क्लब भएको भन्दै खेलाडीलाई संयमित र अनुशासित हुन सुझाएका छन् ।
ओलीले नेपाली जनता लोभ, लालचको पछाडि नलागी देश बनाउन लाग्नुपर्ने बताए । देशमा विभिन्न संघसंस्था, गुठीको जग्गालाई व्यक्तिको नाममा पार्न टुकी बालेर पास गरिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले यस्तो कार्य गर्नेहरुलाई सचेत रहन समेत भनेका छन् । नेपालमा जालझेल, घुसपैठ र अनुचित कार्य बढ्दै गएकाले मुलुकको विकासमा समस्या भएको उनको भनाइ छ ।
डोमालाल रंगशालालाई समेत समस्यामा पार्न केही समूह लागिपरेको जानकारी पाएपछि ओलीले रंगशालालाई स्वतन्त्र ढंगबाट अगाडि बढाउन भरपुर सहयोग गर्ने बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा ओलीलाई बोल्न समय दिइए पनि उनले दर्शकलाई संक्षिप्तमा भनेका थिए–सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा नमस्कार । म ब्रेक टाइम (खेलको मध्यान्तर) मा आफ्ना कुरा राख्नेछु भन्दै खेलको हाफ टाइममा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, एमाओवादी झापाका राजु आचार्य अग्नि लगायतले मन्तव्य राखेका थिए । खेलको उद्घाटनका क्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले मैत्रीपूर्ण खेलको सन्दर्भमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्