ज्योति लाइफ इन्स्योरेन्सद्वारा आजबाट आइपिओ निष्कासन

<span class='c1'>ज्योति लाइफ इन्स्योरेन्सद्वारा</span> <span class='c2'>आजबाट आइपिओ निष्कासन</span>

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्