चाउचाउ बोकेको ट्रक पल्टिंदा एक घाइते

<span class='c1'>चाउचाउ बोकेको ट्रक</span> <span class='c2'>पल्टिंदा एक घाइते</span>

प्रेम देवान
विराटनगर २६ असार । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रअयोध्यापुरमा आज बिहान चाउचाउ बोकेको ट्रक पल्टिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ना.२ ख ६४१६ नं. ट्रकका चालक धादिङ गजुरी २ का २९ वर्षिय सोम बहादुर तामाङ रहेका छन् । बिराटनगरबाट चाउचाउ लिएर पश्चिमतर्फ जादै गरेको उक्त ट्रक सिरहाको चन्द्रअयोध्यापुर १ मा अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिएको थियो । घाइते चालकलाई प्रहरीले तत्कालै उपचारकालागी गोलबजार लगेको थियो ।
०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्