अमरदहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

<span class='c1'>अमरदहका विद्यार्थीलाई</span> <span class='c2'>छात्रवृत्ति प्रदान</span>

प्रेम देवान
विराटनगर २६ असार ।
मोरङको अमरदह बाल क्लव सञ्जालले विद्यार्थीलाई सम्मान तथा खेलकुद छात्रवृत्ति प्रदान गरेको छ । क्लवले अमरदह गाविस भरी रहेका निजी, समुदायिक तथा मदरसा गरी १० विद्यालयका ४६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । क्लवले स्कुलमा अध्ययनरत अपाङग दलित जेहेन्दार विद्यार्थीहरुलाई आगामी दिनहरुमा उनीहरुको पढाईमा प्रोत्साहन स्वरुप जनही एक एक हजारका दरले छात्रवृत्ति समेत प्रदान गरीएको क्लवका सहजकर्ता विरेन्द्र कुमार शाहले जानकारी दिनुभयो । सहजकर्ताका अनुसार एसएलसीमा अमरदह गाविसबाट उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीहलाई सम्मान तथा स्कुल र बाल क्लवलाई खेलकुद सामाग्री पनि वितरण गरीएको बताउनुभयो । कार्यक्रमको सभापति अमरदह बालक्लव कार्यबहाक अध्यक्ष अमन राजवशवी प्रमुख अतिथी गाविस सचिव इलाराज पुरी ,राजनितीक दलका प्रतिनिधीले विद्यालयमा अध्यननरत विद्यार्थीलाई यस्ता कार्यक्रमले अध्ययनमा अगाडी बढ्न हौसला बढेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्