इटहरीलाई सफा सहर बनाउने अभियान

<span class='c1'>इटहरीलाई सफा सहर</span> <span class='c2'>बनाउने अभियान</span>

इटहरी, २६ असार : सुनसरीको इटहरीबासी पछिल्लो समय सरसरफाइप्रति निकै सचेत बन्दै गएका छन् । इटहरीवासीले विभिन्न संघ–संस्थामा संलग्न भएर इटहरीलाई सफा सहर बनाउने अभियान नै सञ्चालन गरेका छन् । जसका कारण इटहरी पूर्वकै सुन्दर र सफा सहरको रुपमा चिनिन थालेको छ । एक सय २९ हप्ता अगाडि किप इटहरी क्लीन नामक संस्थाले इटहरीलाई सफा बनाउन थालेको हप्ते सरसफाई अभियान नै इटहरीलाई सफा र सुन्दर बनाउन जनसहभागिता जुटाउने माध्यम बनेको छ । सरसफाइमा उसले थालेको निरन्तरको अभियानमा अन्य संस्थाहरुले पनि साथ दिने गरेका छन् । केही समयअघिसम्म विभिन्न संघसंस्थाहरुले गर्ने सरसफाइले इटहरी एकदिन सफा हुन्थ्यो । अर्को दिनदेखि इटहरीमा फोहोर थुप्रिने क्रम उस्तै हुन्थ्यो । तर किप इटहरी क्लीन नामक संस्थाले सरसफाइका लागि नियमित अभियान चलाएपछि भने इटहरीका हरेक नागरिकमा सफाइप्रतिको चेतना बढेको छ । एकदिन सफा गर्दैमा हुँदैन भन्नेहरु पनि अब एकदिन भए पनि सफा गरौं न भन्न थालेका छन् । झाडु, कुच्चो र पञ्जा लगाएर फोहोर उठाउन सक्रिय हुन थालेका छन् । यसले इटहरीलाई सुन्दर बनाउँदै लगेको छ । बिना पैसा नागरिकलाई सचेत गराउँदै इटहरीलाई सफा गरी सुन्दर बनाउने अभियानमा निरन्तर क्रियाशील किप इटहरी क्लीनले पैसा बिना कुनै कार्यक्रम गर्न सकिँदैन, कुनै अभियान चल्दैन भन्नेका लागि पनि गतिलो जवाफ दिइरहेको छ । किप इटहरी क्लीनका अभियन्ता सन्दीप पौडेलले आफ्नो अभियान इटहरीलाई सफा राख्न, नगरवासीलाई सचेत गराउन र बिना पैसा पनि राम्रा अभियान चलाउन सकिन्छ भन्ने सन्देश दिँदै निरन्तर चलिरहेको बताउनुभएको छ । इटहरीलाई सुन्दर, सफा र पूर्वकै उत्कृष्ट नगरीका रुपमा हेर्न थालिनु यस्तै नागरिक अभियान मुख्य कारण हो । किप इटहरी क्लीन अभियानले नागरिक सचेत हुनसके र विकासमा सहभागिता जनाउन सके भने धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्