कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>कारको ठक्करबाट मोटरसाइकल</span> <span class='c2'>चालकको मृत्यु</span>

मोरङ, आषाढ २७

मोरङको सिजुवास्थित इटहरा-उर्लाबारी सडक खण्डमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट शनिबार मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा को. १६ प ३९६५ नं. को मोटरसाइकलका चालक मोरङ इटहरा ६ बस्ने २२ वर्षिय पदम प्रधान रहेका छन्। नम्बर नखुलेको कारले ठक्कर दिएर गम्भिर घाइते भएका उनको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा मृत्यु भएको हो। उनी सवार मोटरसाइकलाई दिउँसो ३ बजेतिर सिजुवा ९ मा नम्बर पहिचान हुन नसकेको कारले ठक्कर दिएर फरार भएका थिए।

फरार कार तथा चालकको प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्