आफै चढेको ट्रयाक्टरमा च्यापिएर एक जनाको मृत्यु

<span class='c1'>आफै चढेको ट्रयाक्टरमा च्यापिएर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

बिराटनगर असार ३०

आफै चढेको ट्रयाक्टरमा च्यापिएर खोटाङमा एक जनाको ज्यान गएको छ । हिजो राति दिक्तेलबाट पाथेकाका लागि छुटेको ना ४ त ९६५५ नम्बरको ट्रयाक्टरले च्याप्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षका नरबहादुर राईको ज्यान गएको हो । दिनभर मजदुुरीको काम गरेर दिक्तेलबाट ट्रयाक्टर चढेका राई सोल्मास्थित सालधोत्रे भन्ने ठाउँमा पुुुगेर ओर्लन खोज्दा पछाडिको चक्काले च्यापेर ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । रक्सी पिएका राई ट्रयाक्टरबाट ओर्लन खोज्दा अनियन्त्रित भइ चक्कामुनि परेको प्रहरीले अनुुमान गरेको छ । चालक अविचन्द्र दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्