झुलुंगेपुल हेरालुहरुको रकम बढाउ

<span class='c1'>झुलुंगेपुल हेरालुहरुको</span> <span class='c2'>रकम बढाउ</span>

 

प्रेम देवान

असार २९ विराटनगर । झुलुंगेपुल हेरालुहरुले झुलुगेपुल रेखदेखका लागी सरकारले उपलव्ध गराउदै आएको महिनावारी रकम कम भएको भन्दै वढाउन आग्रह गरेका छन ।

जिल्ला विकास समिति मोरंङले विराटनगरमा आज आयोजना गरेको हेरालुहरुका लागी अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले उपलव्ध गराएको रकमले रेखदेखमा समस्या गुनासो गरको छन् ।

जाते झुलुगेंपुल खाडेतारका सुरेस राइले, हेरालुहरुले झुलुंगेपुल सफा राख्नुपर्ने , पुलमा लागेको खिया सफागर्नुपनै तथा पुलको वरीपरिको झारजगंल उखेल्नु पर्ने जिम्मेवारी पाएकाले त्यसका लागी उपलव्ध रकम न्युन रहेको बताउनुभयो ।

कटघरा झुलुंगेपलु वर्डगाकी सुमित्रा टुडुले सरकारले सवैको तलव वढाएपनी आफुलाइ दिदै आएको रकम नवढाउदा रेखदेखगर्न गाह्रो भएको गुनासो गर्नुभयो । सहभागी हरुले आफुहरुले पुललाई आफनो घर जस्तै हेरचाह गर्ने गरेकाले सरकाले हेरालुहरुको रकम वृद्धि गरेर होसला प्रदानगर्नुपर्नेमा जोड दिनुभयो । सरकारले झुलुगेंपुल रेखदेखगर्ने हेरालुहरुका लागी मासिक पाचसय रुपैया उपलव्ध गराउदै आएको छ । दुइवर्ष अघि हेरालुहरुलाई सरकारले ३ सय रुपैया दिदै आएकोमा वढाएर पाचसय पुगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्