तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो हप्ता

तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो हप्ता

काठमाण्डौं । कोभिड १९ को बन्दाबन्दी पश्चात ब्याडमिन्टन प्रतियोगितामा निक्कै नै बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो ।

एक महिनाको बीचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दोस्रो हो । एक महिना अघि मात्र भोजपुरमा प्रदेश १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भई सकेको छ ।
रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिव २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि विहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत्र २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।

नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप अर्को महिना हुने
नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ्ग च्यामिपयनसिप २०७८ बैशाख ७ र ८ गते हुने भएको छ ।
कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताईरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभईरहेको अवस्थामा नेपाल एसोशियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको अफिसियलहरुको बैठकले सुस्ताएको खोलाको खेलको गतिबिधीलाई अगाडी बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल ¥याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।
च्याम्पियनसिप त्रिसुली खोलामा आयोजना हुने छ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्