राजघाटमा सडक दुर्घटना,एकको मृत्यु

<span class='c1'>राजघाटमा सडक</span> <span class='c2'>दुर्घटना,एकको मृत्यु</span>

उर्लाबारी असार ३१ गते।
उर्लाबारी बरडंगा सडक खण्ड अन्र्तगत मोरङको राजघाट बिहीवार अपरान्ह ५ बजे मोटरसाईकललाई पिक अफ भेनले ठक्कर दिदा एकको मृत्यु भएको छ । उर्लाबारीबाट इटहरा तर्फ जाँदै गरेको को १ च ७८९४ नम्बरको म्याजिक भ्यानले विपरित दिशाबाट आएको मे ६ प ४८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको गौरीगन्ज–६ का ३५ वर्षीय सन्तोशकुमार यादवको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीका अनुसार यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक विराटनगर–११ हाटखोलाका कारण २१ वर्षीय दुर्गा लिम्बू समेत घाइते भएका छन् । लिम्बूको अरनिको हस्पिटल उर्लाबारीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्