बन्द गराउँदै हिँड्ने लिम्बूवानका सात कार्यकर्ता पक्राउ

<span class='c1'>बन्द गराउँदै हिँड्ने लिम्बूवानका</span> <span class='c2'>सात कार्यकर्ता पक्राउ</span>

 

झापा, ३१ असार - बन्दको अवज्ञा गरेको भन्दै पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन बन्द गराउँदै हिड्ने लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीका सात जना कार्यकर्ता झापाको बुट्टाबारीबाट  दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–९ निवासी १७ वर्षीय असिम माझी, सोही ठाउँ निवासी २१ वर्षीय पूर्ण माझी, शनिअर्जुन–८ निवासी २२ वर्षीय सन्तोष सुब्बा, मोरङको पथरी–९ निवासी २२ वर्षीय विशाल शेर्मा, शनिअर्जुन–८ निवासी २९ वर्षीय चन्द्रराज लिम्बू, शनिअर्जुन–९ निवासी २१ वर्षीय सुरेश तामाङ र सोही ठाउँका २३ वर्षीय अशोक माझी रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आज दिउँसो पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।

लिम्बूवान राष्ट्रिय क्रान्तिकारी पार्टीले अरुणपूर्वका नौ जिल्लामा आम हड्तालको आह्वान गर्दै झापालगायत पूर्वमा बिहानैदेखि सवारीसाधन ठप्प पारेको छ । सो पार्टीले गरेको आम हडतालका कारण  बिहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्