बाढीपीडितको स्वास्थ्य परिक्षण

<span class='c1'>बाढीपीडितको स्वास्थ्य</span> <span class='c2'>परिक्षण</span>

 

 

उर्लाबारी, १ साउन÷मोरङको मधुमल्लास्थित साझा हस्पिटल प्रालिले  सुनसरी बाढीपीडितको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेको छ ।
२०७० सालमा स्थापित हस्पिटलले मधुमल्ला–४ र ५ मा छुट्टाछुट्टै स्वास्थ्य शिविर आयोजना गरेको हो ।
मधुमल्ला गाविस वडा नं.४, ५, ६, ७ र ८ का बाढिपीडितको स्वास्थ्य परिक्षण गरिएको हस्पिटलका सञ्चालक छत्र डाँगीले जानकारी दिनुभयो । मधुमल्ला–४ को त्रिवेणी चोक र मधुमल्ला–५ को कसेनीमा छुट्टाछुट्टै गरिएको स्वास्थ्य परिक्षणमा दुई सय पाँचजना बाढिपीडितको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिनुभयो ।
शिविरमा जनरल फिजिसियन डा. राधेश्याम राया र डा. विवेकगौरव सिँहले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
बाढीपीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने उद्देश्यले शिविर आयोजना गरिएको डाँगीको भनाई छ । हस्पिटलले गरिब तथा बिपन्न समूदायहरुको निःशुल्क उपचार समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्