भेलामा व्यवसायीहरुको दुई समूहबीच झडप

<span class='c1'>भेलामा व्यवसायीहरुको दुई</span> <span class='c2'>समूहबीच झडप</span>

विर्तामोड, २ साउन : झापा उद्योग वाणिज्य संघ विर्तामोड शाखाको विशेष  भएको छ । शनिबार दिउँसो भएको झडपमा केही व्यवसायी घाइते भएका छन् । विर्तामोड नगरपालिका घोषणा भएको १६ महिनापछि मात्र संघले विशेष भेला गरेको र स्वतः विघठित हुनुपर्ने संघका अध्यक्ष बलराम कार्कीलाई सभाको अध्यक्षता गराएको भन्दै व्यवसायीबीच झडप भएको हो । झडपमा परी रामबाबु धिमाल, शान्ता बस्नेतलगायत घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको निर्देशनमा आज संघले विशेष भेला बोलाएको थियो । एमाले सम्बद्ध राष्ट्रिय वाणिज्य संघले गतवर्ष विर्तामोड नगरपालिका घोषणा भएपछि झापा उद्योग वाणिज्य संघको शाखाको रुपमा रहेको विर्तामोड संघ विगठन गरेर नयाँ समिति गठन गर्नुपर्ने माग गर्दै आएको थियो । कार्यक्रममा सचिव किरण श्रेष्ठले संघका अध्यक्ष कार्कीलाई सभाध्यक्षको रुपमा आसनग्रहण गराएपछि एमाले सम्बद्ध व्यवसायीले विरोध जनाएका थिए । झडप र विरोधका कारण भेला केही घण्टाका लागि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्