छुट्टाछुट्ठै स्थानमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

<span class='c1'>छुट्टाछुट्ठै स्थानमा बसको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकलमा सवार दुईको मृत्यु</span>

सुनसरी , साउन ४

सुनसरी र झापाको दुई छुट्टा छुट्टै स्थानमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
सुनसरीको ईटहरी नगरपालिका १४ खनार चौकमा आज बिहान को. १ ख १९७४ नम्बरको बसले ठक्करबाट को. १२ प १४०७ नं. को मोटरसाइकलका चालक भोजपुर स्याम्सिला ४ बस्ने ४६ वर्षिय टिकाराम तामाङको उपचारकोक्रममा मृत्यु भएको छ। बिहान करिब ०८३० बजे धरानबाट बिराटनगरतर्फ आउदै गरेको बसले बिराटनगरबाट ईटहरी जानेक्रममा उनलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भिर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिहान ०९५० बजे मृत्यु भएको हो।

त्यसैगरी आजै बिहान झापाको कन्काई नगरपालिका ७ पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको बसले ठक्कर दिएर मे. ६ प ६०५६ नं. को मोटरसाइकलका चालक झापा बाहुनडाँगी ४ का ५१ वर्षिय अच्युत ढुङानाको मृत्यु भएको छ। बिहान ९ बजे उनी सवार मोटरसाइकललाई ग. १ ख ४९४९ नम्बरको बसले ओभरटेक गर्नेक्रममा ठक्कर दिएको थियो। गम्भिर घाइते ढुङानाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा बिहान ०९२५ बजे मृत्यु भएको हो। दुबै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्