दराजद्वारा फ्रन्टलाइन कर्मचारीलाई कोभिड खोप आरम्भ

दराजद्वारा फ्रन्टलाइन कर्मचारीलाई कोभिड खोप आरम्भ

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीहरुको लागि कोभिड-१९ खोपहरू दिन आरम्भ गरेको छ। अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाल लगायत ४ अरु दक्षिण एशियाई बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा, दराजले नेपालका विभिन्न शहरहरूमा ६००+ कर्मचारीहरुलाई रोजगार दिइरहेको छ।

तिनीहरू मध्ये आधा मुख्यतया रसद र डेलिभरी सेवाहरूमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन् । कम्पनीले गत २ हप्ताको अवधिमा देश भरिको विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौँ ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ। यसले गर्दा दराजको कर्मचारीहरु मात्र नभई उनीहरुको समाज र उनको परिवारहरुलाई पनि सुरक्षित राख्न मदत गर्ने छ।

कोभिड-१९ को महामारी सुरु भए देखि इ-कमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकहरुलाई आवश्यक पर्ने चीजहरूको सजिलैसंग पहुँच गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्ग भन्छन्, “स्वास्थ्य सेवा विभाग को सहयोगमा हामी यो कोभिड-१९ खोप कार्यक्रम संचालन गर्न पाउदा निकैनै खुसि छौं। स्थानीय अधिकारीहरु हरेक दिन फ्रन्टलाइनमा रहेका व्यक्तिहरुलाई रक्षा गर्न एक प्रगतिशील निर्णय लिरहेका छन् जुन प्रशंसनीय छ।

इ-कमर्स कम्पनीहरु नेपालमा मात्र नभई विभिन्न देशहरुमा अर्थव्यवस्थाको निरन्तरताको अभिन्न हिस्सा बनेको छन्। दराज मार्फत करिब १०,००० बिक्रेताहरू सजिलैसंग आफ्नो व्यवसाय संचानल गरि अगि बडी रहेका छन् भने लाखौं ग्राहकहरू सुरक्षित शपिंग गर्न सक्षम भएका छन्। हाम्रो फ्रन्टलाइन टीमहरू, विशेष गरी हाम्रो वितरण राइडरहरू बिना, यो सम्भव हुन निकै नै गारो हुन्थ्यो होला। तसर्थ, महामारीको सम्भावित दोस्रो छालको बीचमा समाजलाई सुरक्षित राख्नु यो एउटा महत्त्वपूर्ण कदम हो।”

फ्रन्टलाइन कर्मचारीहरु कम्पनीको एक महत्वपुर्ण हिस्सा हुन् र उनीहरुनै कोभिड-१९ को अधिक जोखिममा हुन्छन। यसैले, फ्रन्टलाइन कर्मचारीहरु कोभिड-१९ को खोप प्राप्त गर्ने पहिलो थिए।

हब सुपरभाइजर विशाल श्रेष्ठले भन्छन्, “खोप लगाउनु भनेको भाइरसबाट आफूलाई मात्र जोगाउनु नभई आफ्नो परिवार, साथीहरू र सहकर्मीहरूलाई नि जोगाउनु हो। छोटो समयमै काठमाडौँ उपत्यका बाहिर सञ्चालन गर्नेहरूका लागि विशेष खोप अभियानको प्रबन्ध र कार्यान्वयन गरेकोमा दराजप्रति मेरो हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ। नियमित तापक्रम जाँच देखि लिएर, सामाजिक दूरी कायम राखि, दराज आफ्नो सबै कर्मचारीहरुलाई एउटा सुरक्षित काम गर्ने वातावरण प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्