उर्लाबारी र इटहरीमा प्रहरी र प्रदर्शनकारीबचि झडप

<span class='c1'>उर्लाबारी र इटहरीमा प्रहरी</span> <span class='c2'>र प्रदर्शनकारीबचि झडप</span>

विराटनगर,  ५ साउन : संविधानको मस्यौदाको सुझाव संकलनका क्रममा मंगलबार  भएको छ । मोरङ क्षेत्र नं.९ का सभासद डिगबहादुर लिम्बू र तारादेवी राई सहभागी रहेको मस्यौदा सुझाव संकलन कार्यक्रममा झडप भएको हो । लिम्बुवान् कार्यकर्ताले नाराजुलुस गर्दै कुर्सी तोडफोड गर्न थालेपछि प्रहरीले रोकेको थियो । लिम्बुवान्का केन्द्रीय सचिव प्रेमदीप थाम्सुहाङलाई सभासद लिम्बूले बोल्ने समय सकिएकाले बोली टुङ्ग्याउन अनुरोध गर्नुभएको थियो । त्यसपछि लिम्बूवान कार्यकर्ता कार्यक्रम स्थलसम्म नै पुगेर नाराबाजी गरी कार्यक्रम अवरोध पु¥याउन थालेपछि उनीहरुलाई बाहिर निकालिएको उर्लाबारी प्रहरी प्रमुख श्रीराम भण्डारीले जानकारी दिनुभयो । त्यसपछि मस्यौदा सुझाव संकलन निर्वाध रुपमा सञ्चालन भएको थियो । सो क्रममा लिम्बुवान पार्टीका उर्लाबारी नगर अध्यक्ष बरुण लाबुङका साथै गजेन्द्र लावती, दिनेश श्रेष्ठलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । सीमांकन र नामांकन बिनाको उधारो संविधान जारी गरेर आदिवासी जनजातिको अधिकार हनन गर्न लागेको भन्दै नाराबाजी गरेका थिए । उर्लाबारी–४ को राधिमा माविको सो कार्यक्रम लिम्बूवानले विथोल्न खोजेको जानकारी पाएर प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखको टोलीसमेत उर्लाबारी पुगेको थियो । यस्तै मस्यौदाबारे सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ का लागि इटहरीको रिजाल्स भिजनमा कार्यक्रम भइरहँदा गेटबाट छिर्न नदिएको भन्दै हिन्दू धर्मावलम्बी, राप्रपा नेपाल र संघीय लिम्बुवान् राज्य परिषद्का कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि झडप भयो । राप्रपा नेपाल र संघीय लिम्बुवान् राज्यपरिषद्का कार्यकर्ता २ नम्बर क्षेत्रमा भइरहेको सुझाव संकलन समेत बिथोल्न पुगेका थिए । तर प्रहरीले कार्यक्रमस्थलको मूलगेटमै रोकेपछि उनीहरुले गोप्य रुपमा सुझाव संकलन गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरुको विरोध भइरहेकै बेला हिन्दुधर्मावलम्बीहरु नाराजुलुस गर्दै सुझाव दिन कार्यक्रमस्थल पुगेपछि उनीहरुलाई पनि प्रहरीले रोकेको थियो । समयमै भित्र छिरेका केहीबाहेक विरोध भइरहँदा पुगेका सबैलाई प्रहरीले कार्यक्रमस्थलभन्दा बाहिरै रोकेपछि ढुंगामुढा सुरु भएको थियो । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरुले रिजाल्स भिजनको पर्खालसमेत भत्काउने प्रयास गरेका थिए । सुझाव संकलनमा सभासद रेवतीरमण भण्डारी, अनिता परियार, कल्पना चौधरीलगायत सहभागी हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्