जिविस इलामले गत वर्ष सामाजिक सुरक्षा भत्ताबापत १५ करोड रुपैयाँ वितरण

<span class='c1'>जिविस इलामले गत वर्ष सामाजिक सुरक्षा</span> <span class='c2'>भत्ताबापत १५ करोड रुपैयाँ वितरण</span>

इलाम, ६ साउन ।  जिल्ला विकास समिति इलामले गत वर्ष सामाजिक सुरक्षा भत्ताबापत १५ करोड २२ लाख रुपैयाँ वितरण गरेको छ ।

जिविसले पहिलो चौमासिकमा चार करोड ३१ लाख ६३ हजार ७५३ रुपैयाँ, दोस्रो चौमासिकमा छ करोड ३२ लाख ४१ हजार २४१ रुपैयाँ र तेस्रो चौमासिकमा चार करोड ५९ लाख एक हजार रुपैयाँ सामाजिक सुरक्षाभत्ता वितरण गरेको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिल्लामा नौ हजार २३ ज्येष्ठ नागरिक, एक हजार ६८ ज्येष्ठ दलित, दुई हजार १४८ एकल महिला, दुई हजार ५१७ एकल विधवा, तीन हजार २०७ लोपोन्मुख आदिवासी जनजाति, २३० पूर्ण अपाङ्ग, ३७७ अति र आंशिक अपाङ्ग तथा ७६४ जना विपन्न दलित बालबालिका रहेको सो शाखाले जनाएको छ ।

जिविसले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवालाई मासिक ५०० रुपैयाँ, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अपाङ्गलाई एक हजार रुपैयाँ, अति र आंशिक अपाङ्गलाई ३०० रुपैयाँ र विपन्न बालबालिकालाई २०० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको जनाएको छ । -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्