तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु
केही झण तिमी नहुदा आफै छटपटाइरहेछु
~
कहिले काही गुलाफ छुदा झस्किन्छु म
तिम्रो कोमल स्पर्शको अभाव महसुस गरिरहेछु
~
एकान्त वनमा कोइलीले मलाई नै बोलाको लाग्छ
धेरै दिन देखि मायालुको स्वरको प्रतिक्षामा रहिरहेछु
~
जोडी चखेवा आगँनमा देख्दा डाहा लाग्छ मलाई
देउरालीको चौतारीमा हात समाति हिडेको सम्झिरहेछु
~
मेरा सबै सपनीहरू सुम्पि सके तिमीलाई
तिम्रो अनुपस्थितीमा बिपनीहरू सधै एक्लो पाइरहेछु ।