बाँदरलाई प्रहार गरेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

<span class='c1'>बाँदरलाई प्रहार गरेको  गोली</span> <span class='c2'>मान्छेलाई लाग्दा एकको  मृत्यु</span>

धनकुटा, श्रावण ८ गते।

धनकुटाको मौनाबुधुकमा बिहिवार गोली प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।

अपरान्ह करिब ७ बजे मौनाबुधुक १ का नन्दलाल राईले आफ्नै बारीमा रहेको आपको बोटमा आएको बाँदरलाई भरुवा बन्दुकले गोलीले प्रहार गर्दा स्थानिय ६६ बर्षिय धन बहादुरलाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई गोली प्रहार गर्ने नन्दलाल राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्